Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दाङ २ मा रेखासँग मतान्तर घटाउँदै एमालेका शंकर पोखरेल

दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोखरेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् ।

मंगलबार हिजो बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार आज बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।

आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४२३ मत पाएका छन् ।

हालसम्म दाङ क्षेत्र नं-२ मा ३८ हजार १३२ मत गणना भइसकेको छ । अहिले क्षेत्र नं-२ को प्रदेश सभा ९२० तर्फको मत गणना भइरहेको छ ।

मंसिर ४ को निर्वाचनमा दाङ क्षेत्र नम्बर २ मा ७९ हजार ७३७ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077