Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिपशिखाको आरोप - गगन थापाले घण्टीसँगको सहकार्यमा गठबन्धनका सहयात्री हराए

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा वाइसिएल इन्चार्ज राम प्रसाद सापकोटा (दिपशिखा) ले कांग्रेस महामन्त्री गगन थापामाथि गठबन्धनका उम्मेदवारलाई हराएको आरोप लगाएका छन् ।

बुधबार बिहान समाजिक सञ्जाल फेसबुकमार्फत सापकोटाले महामन्त्री थापाले घण्टीसँग मिलेर गठबन्धनका सहयात्रीहरुलाई हराएको आरोप लगाएका हुन् ।

सापकोटाले गगन थापा र उनको टिमले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको साझेदारीमा गठबन्धनका सहयात्रीहरुलाई हराएको दावी गरे ।

सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन् – 'नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनले भनेका थिए– म कालो कांग्रेस हुँ ,हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो । तपाईलाई आगामी यात्राको शुभकामना !
हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्विकार गर्छौ, तर यति कुरा दर्ज गरिराख्नपर्ने भएर लेखियो ।’

उपत्यकामा गठबन्धनतर्फ माओवादी केन्द्र र नेकपा एसका सबै उम्मेदवार पराजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077