Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुल्मीको सत्यवतीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

सत्यवती गाउँपालिका–३ लु ३ च ५३४० जीप कुढडाँडामा गएराति साढे ३ बजेतिर दुर्घटना भएको हो ।

गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी हरिप्रसाद गैरेका अनुसार दुर्घटनामा सत्यवती गाउँपालिका–३ का झलक सोमै, टीका राहादी, रनबहादुर सिजापती र मिलन तरामोको मृत्यु भएको छ ।

यस्तै सत्यवती ३ कै कार्बालिन सोमै, जमुना सोमै, ३२ वर्षका चेतमान सिंजाली, गिरबहादुर राहादी र खण्डन सोमै घाइते भएको प्रहरीले जनाएको छ । घाइते पाँच जनालाई थप उपचारको लागि पाल्पा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077