Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा भारी मतान्तरका साथ सातौं पटक विजयी

डडेल्धुरा । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारी मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचन आयोगले बुधबार बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनी १२ हजार ४९२ मतान्तरका साथ सातौं पटक सांसदका रुपमा विजयी भएका हुन् ।

कुल ५१ हजार २०३ मत गणना हुँदा देउवा २५ हजार ५३४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याए ।

यस्तै नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल ७ हजार ५३५ मत ल्याएर तेस्रो भएका छन् । कूल खसेको मत ५१ हजार २०३ मध्ये ३ हजार १८७ मत बदर भएको छ । देउवा यसअघि ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा डडेल्धुराबाट विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077