एजेन्सी । फिफा विश्व फुटबलको दाबेदार मानिएको अर्जेन्टिना आफ्नो पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ ।
मङ्गलवार लुसेल रङ्गमञ्चमा भएको खेलमा साउदीले अर्जेन्टिनलाई दुई–एक गोल अन्तरले पराजित गरेको हो ।
पहिलो हाफमा १–० ले पछि रहेको अवस्थामा साउदीले दोस्रो हाफमा २ गोल फर्कायो ।
अर्जेन्टिनाका लागि लियोनल मेसीले पेनाल्टीमार्फत गोल गरे । साउदीका लागि सलेह अलशेरी र सलिम अलदसारीले गोल गरे ।
पहिलो खेलमै पराजित भएपछि सन् १९८६ पछि पहिलो विश्वकपको उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ।
Leave a Reply