रसुवा । रसुवाको प्रदेश सभा सदस्य क्षेत्र नम्बर १(१) मा नेपाली कांग्रेसका प्रभात तामाङ पुनः निर्वाचित भएका छन् ।
तामाङ ८ हजार १ सय ८६ मतसहित दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार कूलप्रसाद भट्टले ४ हजार ७ सय ७२ मत ल्याए ।
यो क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो।
प्रभात तामाङ २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए ।
Leave a Reply