Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • बर्दिया-२ मा रेशम चौधरीका बुवा लालविरको अग्रता

    बर्दिया-२ मा रेशम चौधरीका बुवा लालविरको अग्रता

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 837
    SHARES

    बर्दिया । बर्दिया क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुवा लालविर चौधरीले अग्रता कायम राखेका छन् ।
    ५१ हजार ३५६ मतगणना हुँदा लालबिरले २० हजार ६६४ मत पाएका छन् । माओवादी केन्द्रका सुरेश पन्थ १३ हजार ६६२ मतसहित पछ्याइरहेका छन् ।

    एमालेका पंकजसिंह राठोर ८ हजार २०६ सहित तेस्रो नम्बरमा छन् । राप्रपाका विनय रावलको ४ हजार १७ मत ल्याए ।



    लालविर स्वतन्त्र उम्मेदवार हुन् । उक्त क्षेत्रमा रेशमले मनोनयन दर्ता गराएका थिए, तर उनको उम्मेदवारी खारेज हुने संशयका बीच लालविरले पनि उम्मेदवारी दिएका थिए।



    रेशमको उम्मेदवारी खारेज भएपछि पार्टी (नागरिक उन्मुक्ति) ले लालविरलाई समर्थन गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार