Online Nepal
  • बुधबार, १० पुष २०८१
  • डडेल्धुरामा सागरले कटाए ५ हजार मत, देउवाको अग्रता कायमै

    डडेल्धुरामा सागरले कटाए ५ हजार मत, देउवाको अग्रता कायमै

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 930
    SHARES

    डडेल्धुरा । डडेल्धुरामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ ।

    पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम छन् ।



    पछिल्लो मतपरिणाम अनुसार १९ हजार ५९६ मत गणना हुँदा देउवा ९ हजार ७७३ मत ल्याए । यस्तै स्वतन्त्र उम्मेदवार सागर ढकालले ५ हजार १९३ ल्याउँदै देउवालाई पछ्याइरहेका छन् ।



    नेपाली कांग्रेस बीपीका कर्णबहादुर मल्लले २ हजार ६९४ ल्याए । देउवा र सागरबीच ४ हजार ५८० मतको अन्तर छ । देउवा डडेल्धुराबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार