Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं ४ बाट कांग्रेस महामन्त्री थापा विजयी

काठमाडौं । काठमाडौं ४ मा मतणना नसकिँदै नेपाली कांग्रेसका गगन थापा विजयी भएका छन् ।

नेकपा एमालेका राजन भट्टराईलाई भारी मतान्तरले पछि पार्दै उनी सांसद निर्वाचित भएका हुन् ।

अहिलेसम्म यस क्षेत्रमा ४३ हजार ३ सय ९६ मतको गणना सकिएको छ । खसेको मत ४८ हजार ८५९ मत हो ।

अब ५ हजार ४ सय ६३ मत गन्न बाँकी छँदा गगनको अग्रता ६ हजार ८३४ पुगिसकेको छ ।

अहिलेसम्मको गणनामा गगनले २० हजार ४१७ भोट पाएका छन् भने एमालेका भट्टराईको १३ हजार ३२ भोट छ ।

यसर्थ अबको गणनामा कुनै मत नआए पनि गगन विजयी हुनेछन् । औपचारिक घोषणा भने हुन बाँकी छ।

काठमाडौं–४ गगनले निरन्तर चुनाव जित्दै आएको क्षेत्र हो ।

अघिल्लो चुनावमा पनि उनले एमालेका भट्टराईलाई नै हराएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077