Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं ४ मा गगन थापाको जित पक्का

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा प्रतिनिधिसभा सदस्य पदमा विजयी हुने निश्चित भएको छ । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट निर्वाचित हुने पक्का भएको हो ।

अब गन्न बाँकी मत ४ हजार ८७१ छ । तर अहिले नै गगनको मतान्तर ५ हजारभन्दा बढी भएकाले उनको जित निश्चित भएको हो । काठमाडौं क्षेत्र नम्बर–४ मा ४५ हजार ७२० मत खसेको थियो । हालसम्म ४० हजार ८३९ मत गणना गरिएको छ ।

पछिल्लो परिणामानुसार थापा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार राजन भट्टराईभन्दा पाँच हजार ९५२ मतान्तरले अगाडि छन् । अब काठमाडौं–३० को चार हजार ८८१ मत मात्र गन्न बाँकी छ ।

हालसम्म थापाले १८ हजार ९७५ मत पाएका छन् । भट्टराईले भने १३ हजार २३ मत ल्याए । गगन २०७० र २०७४ सालको निर्वाचनमा पनि काठमाडौं–४ बाटै निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077