काठमाडौं । काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
परिसरअनुसार मतदान सकिए पनि मतपेटिका संकलनको कार्य अझै जारी रहेकोले अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक यथावत छ ।
अत्यावश्यक बाहेकका सवारी आवगमनमा लगाइएको रोक ७ बजेसम्म कायम नै रहने छ ।
मतदान सकिए लगत्तै सवारी खुलेको भन्दै सडकमा निस्किनेहरु बढ्दा व्यवस्थापनमा कठिनाइ भएको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply