Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन् ।

आइतबार दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने भन्दै बलियो राष्ट्रिय शक्ति यो निर्वाचनबाट नेकपा एमाले बनेर देश विकास गर्ने बताए ।

उनले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताए ।

पोखरेलले भने, मुलुकलाई स्थायित्व, विकास र सम्बृद्धिको आवश्यक भएकाले मुलुकलाई सही दिशा दिन दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्ति पूरा गर्ने काम नेकपा एमालेले गर्ने दावी पोखरेलको छ ।‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ ।

राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरुबीचको सहकार्य विकास र सम्बृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ । हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ ।’

उनले नेपालको राजनीतिक दलहरुमा नेकपा एमाले त्यो सामथ्र्य राख्ने बताए । उनले आफ्नो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि भएको भन्दै आफू उत्साहित रहेको बताए । पोखरेलले नेकपा एमाले बलियो राष्ट्रिय शक्ति निर्माणको अभियानमारहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077