Online Nepal
  • शनिबार, ६ पुष २०८१
  • भोट हालेपछि गगन थापाले भने – अब ड्राइभिङ सिटमा बसेर देशको अप्ठ्यारो चिर्ने हो

    भोट हालेपछि गगन थापाले भने – अब ड्राइभिङ सिटमा बसेर देशको अप्ठ्यारो चिर्ने हो

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 918
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आवधिक निर्वाचनको चक्र कहिल्यै टुट्न नहुने बताएका छन् ।

    काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका थापाले आइतबार मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।



    उनले संविधान निर्माणपछि दोस्रो आम निर्वाचन भइरहेको भन्दै यो सबै नेपालीका लागि खुसीको विषय भएको बताए । उनले निर्वाचनपछि बन्ने सरकारले पनि दिनरात नभनी काम गर्‍यो भने अफ्ठेरो नहुने बताएका छन् ।



    निर्वाचनपछि गठबन्धन दलमा बिजनेस गर्न खोजिए परिस्थिति अप्ठेरो हुने थापाको भनाइ छ । उनले संसद्मा निर्वाचित भएपछि पार्टीको संसदीय दलको चुनावमा आफूले दाबी प्रस्तुत गर्ने आफ्नो सङ्कल्प रहेको भन्दै आफूले प्रतिनिधि सभामा सानदार ढङ्गले जित्ने विश्वास व्यक्त गरे ।

    थापाले भने, ‘म यहाँबाट सांसद भएर गएर भोलिपल्टबाटै संसदीय दलको निर्वाचनको तयारी थाल्छु । र संसदीय दलको निर्वाचन लड्ने हो । दलको निर्वाचन जित्ने हो ।

    त्यसको आधारमा ड्राइभिङ सिटमा बसेर अफ्ठेरो अवस्थालाई चिरेर देशलाई हाँक्ने हो भन्ने मेरो सङ्कल्प हो । त्यो सङ्कल्पका निम्ति मलाई मेरो निर्वाचन क्षेत्रका मतदाताको विश्वासले सङ्कल्प पुरा गर्ने आधार बनाएको छु ।’

    थापाले आफू संसद्मा निर्वाचित भएकै भोलिपल्टबाट संसदीय दलको निर्वाचनको तयारी थाल्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार