Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस नेता शेखर कोइरालाले गरे मतदान

मोरङ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मतदान गरेका छन् ।

आइतबार बिहान उनले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

उनी मोरङ क्षेत्र नम्बर ६ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । यस्तै कोइरालाका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले पनि मतदान गरेका छन् ।

उनले विराटनगर १२ स्थित महेन्द्र मोरङ क्याम्पस मतदान केन्द्र (छ) बाट मतदान गरेका हुन् । कोइराला अघिल्लो निर्वाचनमा लालबाबुसँग पराजित भएका थिए ।

उनीसहित यो क्षेत्रबाट प्रतिनिधिसभामा १५ जना उम्‍मेदवार प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077