दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन्
दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
देशभर आइतबार सुरु भएको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् ।
ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।
Leave a Reply