Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देशभर एकैसाथ मतदान सुरू

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सदस्य चयनका लागि मतदान सुरु भएको छ।

देशभरका १० हजार ८९२ मतदान स्थलका २२ हजार २२७ मतदान केन्द्र र १४१ अस्थायी मतदान केन्द्रमा एकैसाथ मतदान सुरू भएको हो ।

मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म चल्नेछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्रका लागि ६१ राजनीतिक दल र स्वतन्त्रबाट २ हजार ४१२ जना उम्मेदवार मैदानमा छन् ।

समानुपातिकतर्फ ११० सिटका लागि ४७ राजनीतिक दलबाट २ हजार १९९ जनाको नाम बन्दसूचीमा छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो।

चुनाव सुरक्षार्थ ७४ हजार ८४९ नेपाली सेना, ७१ हजार ६९३ नेपाली प्रहरी, ३५ हजार ११६ सशस्त्र प्रहरी बल, १ हजार ८२१ जना राष्ट्रिय अनुसन्धान विभागबाट र १ लाख १५ हजार म्यादी प्रहरी खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077