Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह मन्त्रालयले भन्यो - सुरक्षा चुनौतीबारे जानकार छौं, भयरहितरुपमा मतदान गर्नुहोस्

काठमाडौं । गृह मन्त्रालयले निर्वाचन केन्द्रित सुरक्षालाई मजबुत बनाइएको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षाबारे जानकारी दिन शुक्रवार आयोजित पत्रकार सम्मेलनमार्फत गृह सचिव विनोद प्रकाश सिंहले यस्तो बताएका हुन् ।

गृहसचिव सिंहले आइतबार हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन स्वच्छ र भयरहित वातावरणमा गराउन गृहमन्त्रालय प्रतिबद्ध रहेको बताए ।

गृहसचिव सिंहले भयरहित र उत्साहपूर्ण ढंगले मतदान गर्न सबै मतदाताहरुमा आग्रह गरे । गृहसचिव सिंहले निस्पक्ष वातावरणमा निर्वाचन गराउन म्यादी प्रहरीसहित सबै सुरक्षाकर्मीहरु अहोरात्र खटिइरहेको बताए ।

गृहले कसैको प्रलोभन र त्रासमा नपरी मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेको छ । गृहले मुलुकका ९ सय ३ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाएको जनाएको छ ।

गृहले निर्वाचन विथोल्ने घोषणा गरेका विभिन्न समूहलाई निगरानीमा राखिएको स्पष्ट पारेको छ । उनले भने, ‘कतिपयलाई अहिले हामीले नियन्त्रणमा लिएका छौँ।

कुनै पनि किसिमले मतदानलाई असर गर्ने कर्मचारी, मतदाता, उम्मेदवार र मतदान सामग्रीको सुरक्षा क्षति हुने र खतरा हुने कुरालाई सह्य हुँदैन। त्यसलाई हामीले कडा रूपमा नियन्त्रणमा राख्छौँ।’

उनले निर्वाचन विरोधी गतिविधि गर्नेहरूलाई नजिकबाट हेरिरहेको बताए । सिंहले साना हतियारको दुरुपयोग गरेर जोखिम उत्पन्न हुनसक्ने भएकाले जिल्ला प्रशासनमार्फत हातहतियार लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077