Online Nepal
  • शनिबार, १ मंसिर २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रधानसेनापति शर्माबीच भेटवार्ता

    प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रधानसेनापति शर्माबीच भेटवार्ता

    निर्वाचन सुरक्षाका बिषयमा छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 753
    SHARES

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूसँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको टोलीले भेटवार्ता गरेको छ ।

    आगामी आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका विषयमा भेटवार्ता गरेका हुन् ।



    आयोगको कान्तिपथस्थित कार्यालयमा शुक्रबार भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम



    कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको जानकारी गराए ।

    सो अवसरमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीहरूको

    जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्रीहरू एवं खटिएका कर्मचारीहरू समेत पुर्याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको भनी प्रशंसा गरे ।

    सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुन शम्सेर जबराको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार