Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्वाचन सुरक्षा मजबुद बनाउन ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन

    निर्वाचन सुरक्षा मजबुद बनाउन ३४ हजार ८३८ सशस्त्र प्रहरी परिचालन

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । निर्वाचन सुरक्षा बजबुत बनाउन ३४ हजार ८३८ सशस्त्र प्रहरी खटिएका छन् ।

    निर्वाचनमा जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयको सुरक्षा विशेष जिम्मेवारी छ । यसबाहेक सीमा सुरक्षा पनि सशस्त्रकै जिम्मेवारीमा छ ।



    बिहीबार रातिदेखि भारतसँगका सबै नाका बन्द भएकाले नाकामा निगरानीको जिम्मेवारी सशस्त्र प्रहरीको काँधमा छ । यो जिम्मेवारीका लागि सबै नाकामा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)बाट परिचालन भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी पुरुषोत्तम थापाले बताए ।



    निर्वाचन सुरक्षाका लागि सशस्त्र प्रहरीले रिजर्भ फोर्स र क्युआरटी पनि खटाउने योजना बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार