Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च पुगे लोसपा उम्मेदवार मेहता

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ४ प्रदेश सभा (२) बाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवार सन्तोषकुमार मेहता सर्वोच्च पुगेका छन्।

निर्वाचनको केही दिन अघि आफ्नो उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगको निर्णय गैरकानुनी भएको जिकिर सहित उनले सर्वोच्चमा रिट दायर गरेका हुन्।

उनको रिटको पेसी तोकिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा पेसी तोकेको छ।

निर्वाचन आयोगले कात्तिक ३० गते उनको उम्मेदबारी खारेज हुने निर्णय गरेको थियो। मेहताले बहुविवाहसम्बन्धी कसुरमा कैद सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएको पाएपछि आयोगले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (च) बमोजिम उनको उम्मेदवारी खारेज गरिदिएको थियो।

सर्वोच्चले शुक्रबार हुने सुनुवाइमा अन्तरिम आदेश जारी गरेका उनको उम्मेदवारी कायम हुने छ। अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेमा उनी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार कायम रहने छैनन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077