Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी, २१ जनाको मृत्यु

एजेन्सी । गाजा क्षेत्रको शरणार्थी शिविरमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ। इजरायल र इजिप्टको सीमा क्षेत्रमा रहेको शिविरको भवनमा आगलागी भएको हो ।

आगलागीमा परेर मृत्यु हुनेमध्ये १० जना बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ।

१० बालबालिकासहित आगलागीमा परेर २१ जनाको मृत्यु भएको हो। कयौं घाइतेलाई उद्धारपछि उपचारका लागि लगिएको समाचारमा जनाइएको छ।

प्यालेस्टिनी राष्ट्रपति मोहमद अब्बासले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै शुक्रबार एक दिन राष्ट्रिय शोकको घोषणासमेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077