Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस उपसभापति खड्काले भने - ओलीको अहंकार र दम्भ अझै रोकिएको छैन

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मंसिर ४ को चुनाव अग्रगमन र प्रतिगमन बीचको लडाइँका रुपमा रहेको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरको घण्टाघरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व गृहमन्त्री समेत रहेका खड्काले यस्तो बताएका हुन् ।

उनले केपी ओलीको प्रतिगमनलाई साथ दिने कि सत्तारुढ गठबन्धनको अग्रगमनलाई साथ दिने भन्ने कुरा जनताको हातमा रहेको बताए ।

खड्काले ओलीको अहंकार र दम्भ अझै नरोकिएको टिप्पणी गरे । खड्काले भने, ‘ओलीको प्रतिगमनकारी प्रवृत्तिलाई रोक्नका लागि गठबन्धन बनेको हो,

सर्वसत्तावादी र अधिनायकवादी शासन गर्न खोज्ने मनसायबाट ओली अघि बढिरहेका छन्, त्यसको विरुद्धमा जनताले मतदान गर्नुपर्छ ।’

सुर्खेत १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका खड्काले संविधान निर्माणका क्रममा ओलीहरूले आफैले गरेको हस्ताक्षर विपरीत संसद विघटन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077