Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • मतदातालाई बाँड्न लागेको डेढ क्विन्टल मासु बरामद

    मतदातालाई बाँड्न लागेको डेढ क्विन्टल मासु बरामद

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 732
    SHARES

    रौतहट । आचारसंहिता विपरीत मतदाताको घरघरमा वितरण गर्नका लागि बनाउँदै गरेको अवस्थामा डेढ क्विन्टल कुखुराको मासु बरामद गरिएको छ।

    रौतहट सदरमुकाम गौर नगरपालिका ९ सिर्सियाबाट गत राति रौतहट प्रहरीले उक्त मासु बरामद गरेको हो।



    स्थानीय बिनोद सिंहले घरघरमा वितरण तथा भोजभतेरको लागि कुखुराको मासु बनाउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।



    जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसवी बिर बहादुर बुढा मगरले भोजभतेरको लागि मासु बनाउँदै गरेको बेला सिंहलाई मासुसहित नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

    ठूलो परिमाणमा मासु बनाउँदै गरेको अवस्थामा सिंहलाई नियन्त्रणमा लिएको र सम्झाइबुझाइ गरेर छाडिएको एसपी मगरले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार