Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईओसीले पठायो नयाँ मूल्य सूची, घटेर आयो डिजेलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपैयाँ १६ पैसा बढेर आएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भएका कारण पेट्रोलको भाउ बढेर र डिजेलको घटेर आएको नेपाल आयल निगमले जनाएको छ । डिजेलको मूल्य भने प्रतिलिटरमा एक रुपियाँ ३० पैसा घटेर आएको निगमको भनाइ छ ।

नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ७६ पैसा नाफा हुने अनुमान गरिएको छ ।

यस्तै डिजेलमा यसअघि १२ रुपियाँ १३ पैसा घाटामा रहेकाले अझै डिजेलमा प्रतिलिटर १० रुपियाँ ८३ रुपियाँ घाटा रहने निगमले जनाएको छ । आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा नयाँ मूल्य पठाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077