Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन

    प्रमुख निर्वाचन आयुक्त थपलियाले भने – मतपत्रको गोपनीयता भंग गरे मतपत्र गणना हुँदैन

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 609
    SHARES

    Photo: Naresh Shrestha/ THT

    काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैको कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न आह्वान गरेका छन् ।

    उनले सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रुपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै यस्तो बताएका हुन् ।



    प्रमुख निर्वाचन आयुक्त थपलियाले मत संकेत गरिसकेको मतपत्रको गोपनीयता भंग गरिए सो मतपत्र नै गणना नहुनेतर्फ पनि सचेत गराए ।



    उनले भने– ‘मतदान प्रक्रियाको गोप्यता भङ्ग भयो भने त्यो मतपत्र मतपेटिकामा नखसाली अथवा कैले मत संकेत गरेको मत फलानो चिन्हमा संकेत गरिएको थाहा भयो

    भने त्यो मत्रपत्रलाई मतपेटिकामा खसालिसकेको भए त्यसो गर्ने व्यक्तिलाई कारबाही हुने, खसाली नसकेको भए मतदान अधिकृतले

    त्यस्तो मत पत्रलाई छुट्टै खाममा राखेर त्यो खाममा भएको ब्यहोरा उल्लेख गरी सिलबन्दी गरी मुचुल्का खडा गरी राख्नुपर्छ ।’

    उनले यी सबै कुरा कानुनद्वारा बर्जित रहेको समेत बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले अतिरिक्त मतपत्रको गोप्यता भंग हुँदा व्यक्तिको सामाजिक जीवनमा समेत अप्ठ्यारो पर्नसक्ने खतरा रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार