Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जी-२० मा जेलेनेस्कीले शान्तिका लागि अघि सारे १० बुँदे प्रस्ताव

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रूस युक्रेन युद्धलाई शान्तिमा रूपान्तरणका लागि १० बुँदे प्रस्ताव अघि सारेका छन् ।

इन्डोनेसियाको बालीमा जारी जी-२० शिखर सम्मेलनमा भर्चुअल सम्बोधन गर्दै जेलेनेस्कीले शान्तिका लागि १० बुँदे प्रस्ताव अघि बढाएका हुन् ।

‘दोस्रो विश्वयुद्ध ताकाको झल्को दिनेगरी हामीमाथि आक्रमण भएको छ। यसको अन्त्य कसरी हुनेछ भन्नेमा हामी निश्चिन्त छैनौँ । विश्वमा अस्थिरताको अन्त्यका लागि युद्ध अन्त्य गर्न जरुरी ठानेकाले हामी शान्तिको प्रस्ताव समेत गर्छौं। तर दुष्ट प्रवृत्तिविरुद्ध अन्तिमसम्म लड्न युक्रेन प्रतिबद्ध नै छ,' जलेनेस्कीले सम्बोधनमा भनेका छन ।

शान्तिका लागि जेलेनेस्कीले १० बुँदे प्रस्ताव अघि सारेका हुन्। त्यसमा विकिरण तथा आणविक सुरक्षा, खाद्य र उर्जा सुरक्षाका विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077