Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा धनगढीमा, बुधबार गृह जिल्ला जाने

कैलाली । प्रधानमन्त्री शेरबहादुर देउवा फेरि सुदूरपश्चिम आएका छन् । उनी हेलिकप्टरमार्फत मंगलबार साँझ धनगढी पुगेका हुन् । आज प्रधानमन्त्री देउवा धनगढी स्थित नीजि निवासमा बस्ने छन् ।

भोलि गृह जिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ । उनले डडेल्धुरा, अछाम, कञ्चनपुर र बैतडीमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा यस अघि कार्तिक १६ गते पनि धनगढी आएका थिए । उनी गृह क्षेत्रमा एक साता लामो चुनावी कार्यक्रम सहभागी भएर काठमाडौँ फर्किएका थिए ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवा डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077