Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शीर्ष दलका प्रमुख नेतालाई भोट नदिन डा. केसीको आह्वान

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रको स्वाधिन कार्यसम्पादनको माग राख्दै आएका डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन आह्वान गरेका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै डा. केसीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेतालाई भोट नदिन मतदातासमक्ष आग्रह गरेका हुन् ।

शीर्ष नेताहरुले देश र जनतालाई धोका दिएको बताउँदै उनले शीर्ष नेताहरुले राजनीतिलाई भ्रष्टीकरण र अपराधीकरण गरेको आरोप लगाए ।

डा. केसीले पुरानै नेताहरुको हालिमुहालीका कारण देश विगत पाँच वर्षमा दशौँ वर्ष पछाडि धकेलिएको बताउँदै आफ्नो प्रतिनिधि चयन गर्दा अघिल्लो निर्वाचनमा जस्तो गल्ती नगर्न पनि मतदातालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077