एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनिफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई ताइवान मामिलामा सीमारेखा पार नगर्न चेतावनी दिएका छन् ।
बालीमा भएको तीन घण्टा लामो कुराकानीमा सीले सो चेतावनी दिएका हुन् ।
यसअघि बाइडेन पटकपटक यदि चीनले ताइवानमाथि आक्रमण गरे अमेरिकी सेनाले सो टापुको रक्षा गर्ने अभिव्यक्ति दिएका थिए ।
यसलाई अमेरिकाको ताइवान नीतिमा आएको परिवर्तन ठानिएको थियो। किनभने अमेरिकाले ताइवानबारे ‘रणनीतिक अस्पष्टता’को घोषित नीति अपनाउँदै आएको थियो ।
Leave a Reply