चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता झुक्क्याउनका लागि मात्रै घोषणापत्र ल्याएको बताएका छन् ।
चितवनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले आगामी मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गरे।
आफूलाई अहिले चुनावको महामङ्सिर लागिरहेको बताए। एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट भनिसकेको बताए।
उनले भने, ‘चुनावपछि पनि गठबन्धन रहन्छ रे । सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन ।
संघीयताको विषयमा पनि उस्तै छ। कसैलाई प्रत्यक्ष प्रधानमन्त्री चाहिएको छ कसैलाई राष्ट्रपति । घोषणापत्र नै बाजेको छ। केही लागू गदैनन् । त्यसैमा झगडा गरिबस्छन्।’
उनले देश बनाउने एमालेको घोषणापत्र मात्रै नभएको जिकिर गरे । गठबन्धनले ध्वस्त पारेको अर्थतन्त्र एमाले सरकार बनेपछि उकास्ने दाबी गरे ।
कांग्रेसले वृद्ध भत्ताको उमेर घटाउन खोजेर अनुचित खालको प्रतिस्पर्धा गरेको टिप्पणी गरे । अरूले कुरा गरे पनि एमालेले काम गरेको देखाएको उनेको भनाइ छ ।
Leave a Reply