काठमाडौं । विश्वकप फुटबल प्रत्यक्ष प्रशारण गर्नेबारे देखिएको विवादसम्बन्धी मुद्दा ३० गते अन्तिम सुनुवाईका लागि पठाइएको छ। सोमबार सुनुवाईका लागि पेसी तोकिए पनि सुनुवाई हुन सकेन।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा सोमबार सुनुवाई भएको हो।
अन्तरिम आदेश खारेज गर्दै मिडिया हबले दिएको निवेदनमा सुनुवाइ भए पनि अन्तरिम आदेश खारेज हुने/नहुनेबारे निर्णय नभएको हो।
सोमबारको सुनुवाइपछि सर्वोच्चले विपक्षीलाई पनि यसबारे जानकारी दिएर कात्तिक ३० गते नै छलफल गर्ने आदेश दिएको हो।
सोमबार मिडिया हबको निवेदनमा सुनुवाइ गर्दै विपक्षी रिट निवेदक अधिवक्ता अनुपम भट्टराई र किशोर पौडेललाई पनि यसबारे जानकारी दिने र ३० गते सँगै राखी छलफल गर्ने आदेश दिएको हो।
विश्वकप प्रसारण गर्दा नेपाली टेलिभिजन ग्राहकसँग थप ५ सय शुल्क लिने प्रक्रिया सुरु भएपछि अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए।