Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विश्वकपबारे मिडिया हबको निवेदन न्यायाधीश श्रेष्ठ र फुयाँलको इजलासमा

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिता नेपालमा टेलिभिजनमा प्रसारण गर्दा थप शुल्क लिन पाउनुपर्ने माग गर्दै मिडिया हबले दिएको भ्याकेट निवेदनको सोमबार सुनुवाइ हुने भएको छ।

अन्तरिम आदेश खारेजीको माग गर्दै परेको निवेदन न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको हो।

यो इजलासको पहिलो नम्बरमै पेसी तोकिएकाले सोमबार भने सुनुवाइ हुने सम्भावना छ।

विश्वकप प्रसारण गर्दा नेपाली टेलिभिजन ग्राहकसँग थप ५ सय शुल्क लिने प्रक्रिया सुरु भएपछि अधिवक्ताहरु किशोर पौडेल र अनुपम भट्टराईले रिट दायर गरेका थिए।

रिट निवेदकको मागबमोजिम न्यायाधीश प्रकाशमान सिंह राउतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रोक लगाएपछि मिडिया हब पनि सर्वोच्च पुगेको हो। थप शुल्क उठाउन पाउनुपर्ने उसको माग छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077