Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध एमालेले दियो उजुरी

    सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध एमालेले दियो उजुरी

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 1K
    SHARES

    विराटनगर । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ले आचारसंहिता उलंघन गरेको भन्दै उजुरी परेको छ ।

    नेकपा एमाले निर्वाचन परिचाल कमिटीका संयोजक सरोज पोखरेलले निर्वाचन आचारसंहिताको उलंघन गरी स्थानीय प्रशासन र सुरक्षा निकायको गलत प्रयोग गरेको भन्दै मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारी समक्ष उजुरी हालेका हुन् ।



    उनले दिएको उजुरीमा कार्कीले २०७९ कार्तिक १७ गतेदेखि दैनिक रूपमा सयौँ सुरक्षाकर्मीलाई साथमा राखेर वडा टोल तहमा मानिसहरूसँग भेट्न जाने ३० देखि ४० वटासम्म चार चक्के सवारी साधन र सयौँ मोटरसाइकलहरुको लावा लस्कर सहितको र्‍याली लैजाने गरेको उल्लेख छ ।



    यस्तै  उजुरीमा मन्त्री कार्कीले स्थानीय तहमा निर्वाचित नगरपालिका र गाउँपालिकाका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरुलाई चुनाव प्रचार र घरदैलोमा परिचालन गरी सवारीसाधनको समेत दुरुपयोग गरेको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार