Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • फूलचोकीमा हराएका चार विद्यार्थीको ११ घन्टापछि उद्धार

    फूलचोकीमा हराएका चार विद्यार्थीको ११ घन्टापछि उद्धार

    अनलाइन नेपाल
  • आइतबार, २७ कार्तिक २०७९
  • 816
    SHARES

    काठमाडौं । ललितपुरको फुल्चोकीको जङ्गलमा हराएका चार जना विद्यार्थी फेला परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ११ घण्टापछि उनीहरूलाई उद्धार गर्न सफल भएको हो।

    नेपाल राष्ट्रिय निर्माण मावि मुलपानीमा कक्षा ११ र १२ का अध्यायरत ४ जना विद्यार्थी हराएका थिए।



    शनिवार बिहान १२५ विद्यार्थी तथा ९ जना शिक्षकहरू बिहान फुलचोकीमा घुमेर दिउँसो २ बजे फर्कने क्रममा हराएका थिए।



    शिक्षक र विद्यार्थीहरूले मिलेर खोज्दा पनि फेला नपरेपछि शनिबार साँझ करिब ७ बजेतिर उनीहरूले प्रहरी प्रभाग बाडेगाउँमा खबर गरेका थिए।

    खबर पाएपछि प्रहरी निरीक्षकसहित खटिएको २० जनाको टोलीले मध्यराति १ बजे उनीहरूलाई फेला पारेको परिसरले जनाएको छ। उनीहरूलाई फेला पारेर शिक्षकको जिम्मा लगाएको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार