काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने जिम्मा नेपाल र बंगलादेशलाई दिइएको जनाएको छ।
२०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को जिम्बाब्वे र नामिबियाले आयोजना गर्नेछन् ।
२०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी मलेसिया र थाइल्याण्डले प्राप्त गरेका छन् ।
Leave a Reply