काठमाडौं । ट्विटरको ब्लु टिकको लागि ८ डलर तिर्नुपर्ने निर्णय कार्यान्वयन नहुने भएको छ ।
अमेरिकामा कैयन् फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको घटनापछि ट्वीटरले शुक्रबारदेखि ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम खारेज गरेको हो ।
एलन मस्कले ट्विटर खरिद गरेपछि अकाउन्ट भेरिफिकेसन (ब्लु टिक) का लागि ८ डलर तिर्नुपर्ने नयाँ नियम ल्याएका थिए।
८ डलर तिरेपछि ब्लु टिक लिन पाइने नियम लागू भएपछि कैयौं फेक अकान्ट बनेको र तिनीहरुले ब्लु टिक पनि मिलेको थियो । ब्लु टिक पाएपछि फेक अकाउन्ट पनि कम्पनी तथा सेवा प्रदायकको वास्तविक अकाउन्ट जस्तै देखिन थालेका थिए ।
यो घटनापछि ट्विटरबाट गलत सूचना फैलिनसक्ने जोखिम बढेको थियो ।
Leave a Reply