Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेलको आरोप - कोरोना महामारीमा ईश्वर पोखरेलले जनतालाई लुटे

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको बताएका छन्। काठमाडौं क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको पौडेलको आरोप छ । विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई ईश्वरले नै लुटेको आरोप प्रदीपले लगाए।

उनले भने, ‘नगरेको मात्र होइन, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।

त्यसकारण तपाईंको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस्। हामीलाई अवसर दिनुस्। हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउँनेछौँ।’

उक्त क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077