Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

थप शुल्क लिन रोक लगाएपछि बोलाएको ५ दिन अगाडि नै मिडिया हब सर्वोच्चमा

काठमाडौं । कतारमा हुन गइरहेको विश्वकप फुटबल नेपालमा टेलिभिजनमा प्रसारण गर्ने राईट्स लिएका मिडिया हब सर्वोच्च अदालत पुगेको छ ।

मिडिया हबले नेपाली ग्राहकबाट थप ५ सय रुपैयाँ शुल्क लिएर टेलिभिजनबाट प्रसारण गर्ने तयारी गरेपछि त्यसविरुद्ध यसअघि सर्वोच्चमा रिट परेको थियो ।

उक्त रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतले मिडिया हबलाई अतिरिक्त शुल्क लिने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अन्तरिम आदेशका लागि कार्तिक ३० गते दुवै पक्षलाई बोलाइएको छ । तर, यसबारे छलफल गर्दा विश्वकप फुटबलको प्रसारणमा असर गर्ने भएकाले अल्पकालीन अन्तरिम आदेश खारेजको माग गर्दै सर्वोच्च गएको मिडिया हबले जनाएको छ ।

३० गते सुनुवाइ नभए यही आदेशले निरन्तरता पाउन सक्ने भएपछि त्यसअघि नै मिडिया हब सर्वोच्च पुगेको हो ।

मिडिया हबले दर्ता गरेको भ्याकेट निवेदन शुक्रबार नै पेशी तोकिएको छ । तर आजै सुनुवाइका सम्भावना कम छ ।

नेपाल सरकारबाट अनुमति समेत प्राप्त नगरी मिडिया हबले विश्वकप फुटबलको प्रसारणमा अधिक शुल्क उठाएको रिटमा उल्लेख छ। यो स्वतन्त्रताको हक, समानताको हक, उपभोक्ताको हकविपरीत भएको दाबी निवेदकको छ। निवेदकको माग बमोजिम अदालतले आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077