मोरङ । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभा सदस्यका लागि नेपाली काँग्रेसले मानबहादुर लिम्बुलाई टिकट दिने भएको छ ।
लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् ।
उक्त क्षेत्रका उम्मेदवार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेदवारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेदवार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने भएका छन् ।
थापाको बुधबार बिहान १० बजेर ४० मिनेटमा नोबेल अस्पतालमा मृत्यु भएको थियो । थापा सत्ता गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका थिए ।
Leave a Reply