Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • मोरङ-३ (१) मा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता आज

    मोरङ-३ (१) मा उम्मेदवारहरुको मनोनयन पत्र दर्ता आज

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 810
    SHARES

    काठमाडौं । मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) मा आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै छ ।

    नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो।



    नयाँ निर्वाचन कार्यतालिका अनुसार यही कात्तिक २४ र २५ गतेको समयभित्र उम्मेदवारी मनोनयन दर्ता, दाबी विरोध तथा अन्तिम नामावली सार्वजनिक गरिने आयोगले जनाएको छ ।



    मङ्सिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई निर्वाचन चिन्हसमेत प्रदान भइसकेको अवस्था रहेकोमा उक्त क्षेत्रबाट प्रदेश सभाका लागि उम्मेदवार थापाको मृत्यु भएको हुँदा उक्त निर्वाचन क्षेत्रको सम्बन्धित दलको उम्मेदवारले मात्रै मनोनयन दर्ता गर्न पाउने छन् ।

    बिहीबार बिहान १० देखि १ बजेसम्म सम्बन्धित राजनीतिक दलले उम्मेदवार मनोनयन दर्ता हुनेछ। कात्तिक २५ गते ४ बजे निर्वाचन चिन्ह दिएपछि प्रक्रिया सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार