काठमाडौं । शहरी विकासमन्त्री मेटमणी चौधरीलाई कारबाही गर्न मधेसी आयोगले निर्वाचन आयोगलाई पत्र पठाएको छ ।
नेकपा एसका दाङ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका चौधरीलाई कारवाही गर्न आयोगले पत्र पठाएको हो । मधेसी समुदायप्रति लक्षित गरी विभेदपूर्ण भाषण दिएको मधेसी आयोगले जनाएको छ ।
मन्त्री चौधरीले कात्तिक २१ गते एक कार्यक्रममा मधेसीहरु विवेकहीन र चेतना नभएको समुदाय रहेको जस्तो विभेदपूर्ण अभिव्यक्ति दिएको आयोगले जनाएको छ।
चौधरीको सो अभिव्यक्तिविरुद्ध मधेशी नागरिक समाज र संचारमाध्यमहरुले मधेसी आयोगमा उजुरी दर्ता गराएको आयोगले वुधवार विज्ञप्तिमार्फत जनाएको छ ।
सो उजुरीपछि आयोगका अध्यक्ष डा.विजयकुमार दत्तको निर्देशनमा मधेशी आयोगले निर्वाचन आयोगलाई पत्र लेख्दै मन्त्री चौधरीलाई आवश्यक कारबाही गर्न अनुरोध गरेको हो ।
Leave a Reply