Online Nepal
  • शनिबार, १७ कार्तिक २०८१
  • नेवार समुदायले मनाए सकिमा पुन्ही

    नेवार समुदायले मनाए सकिमा पुन्ही

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 801
    SHARES

    काठमाडौं । काठमाडौंका उपत्यकाका नेवार समुदायले कृषिमा आधारित पर्व सकिमा पुन्ही मनाएका छन् ।

    कार्तिक शुक्ल पूर्णिमाका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति बनाइ प्रदर्शन गरी यो पर्व मनाएका हुन् ।



    काठमाडौं उपत्यकाका विभिन्न नेवारी बस्तीमा नेवार समुदायले नयाँ गेडागुडीबाट विभिन्न देवीदेवता, जात्रा र मन्दिरको आकृति मन्दिर परिसर र विभिन्न टोलमा हर्षोल्लासका साथ यो पर्व मनाएका छन् ।



    नयाँ गेडागुडीबाट विभिन्न देवी देवताको मन्दिर बनाइ मन्दिरअघि र आफ्नो घर अगाडि प्रदर्शन गर्ने प्रचलन रहेको स्थानीयहरु बताउँछन् ।

    यस क्रममा मन्दिरअघि र टोलटोलमा भजनकीर्तन गाएर देवीदेवताप्रति भक्ति र श्रद्धाभाव दर्शाउने चलन रहेको छ ।

    नेवार समुदायले भजनकीर्तन सकिएपछि फलफूल र रोटीका परिकारहरू एकै ठाउँमा जम्मा पारी प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रही आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार