Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्युजिल्यान्ड

    पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै न्युजिल्यान्ड

    अनलाइन नेपाल
  • बुधबार, २३ कार्तिक २०७९
  • 795
    SHARES

    काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ।

    सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर पहिले ब्याटिङ चुनेका हुन् ।



    पाकिस्तानले केही बेरमा न्युजिल्यान्डविरुद्ध बलिङ थाल्नेछ । आजको खेलमा जित निकाल्दै पाकिस्तान दोस्रो उपाधि नजिक पुग्ने योजनामा छ ।



    यता न्युजिल्यान्ड पनि लगातार दोस्रो पटक विश्वकपमा फाइनल पुग्दै उपाधि जित्ने योजनामा छ ।

    न्युजिल्यान्ड समूह विजेता र पाकिस्तान समूह उप-विजेताका रूपमा सेमिफाइनल पुगेका हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार