Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा भूकम्पले क्षति भए पनि निर्वाचनका गतिविधि नरोकिने

काठमाडौं । भुकम्पका कारण ६ जनाको मृत्यु भए पनि डोटीमा निर्वाचनका गतिविधि जारी छ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मानवीय क्षतिका कारण निर्वाचनसँग सम्बन्धित काम गर्न कठिनाइ भए पनि चुनावको तयारीका कामहरु भने भइरहेको जानकारी दिएको छ।

जिल्लाका प्रमुख निर्वाचन अधिकृत करुणाकर पन्तले चुनाव तोकिएकै समयमा हुने बताए।

प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन मंसिर ४ गते हुँदैछ। अब मतदानका लागि ११ दिन मात्रै बाँकी छ।

मंगलवार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्नेच्यूडको भूकम्प गएको थियो।

लगतै राति ९ बजेर ५६ मिनेटमा ४.१ म्याग्नेच्यूडको भूकम्प गएको थियो। राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्नेच्यूडको भूकम्प गएको गएपछि मानवीय क्षति भएको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077