Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

साढे १० केजी सालकको खपटासहित बिक र मगर पक्राउ

काठमाडौं । प्रहरीले १० केजी ५ सय ग्राम तौल भएको दुर्लभ वन्यजन्तु सालकको खपेटासहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोंगवु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका-७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेम बहादुर बिक र खोटाङ अर्खल गाउँपालिका–९ घर भएका २१ वर्षीय अर्जुन मगरलाई पक्राउ गरेको हो ।

उनीहरूले सालकको खपेटा बोकी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त तौलको सालकको खपेटा फेला पारी पक्राउ गरेको प्हरीले जनाएको छ ।

साथै प्रेम बहादुर बिक सवार बा।५८ प ८३३७ नम्बरको मोटरसाइकल र अर्जुन मगर सवार बा।प्र ०२–०२८ प ७६७२ नम्बरको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077