काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री एवं मोरङ ३ (क) का कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गरेका छन्।
‘प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं मोरङ क्षेत्र नम्वर ३ (१) का नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापाजीको निधनको खवरले स्तव्ध भएको छु। उनको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ देउवाले जारी गरेको शोक सन्देशमा भनिएको छ ।
थापाको निधनपछि मोरङ क्षेत्र नम्बर ३ ’१’ प्रदेश सभातर्फ कांग्रेसको तर्फबाट अर्को उम्मेदवारको मनोनयन प्रक्रिया सुरु गरिएको छ ।
फोक्सोको निमोनियाबाट पीडित रहेका ५८ वर्षीय थापाको विराटनगरस्थित नोबेल अस्पतालमा बुधबार बिहान उपचारका क्रममा निधन भएका हो ।
Leave a Reply