काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले डोटीको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृह प्रशासनलाई निर्देशन दिएका छन् ।
तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएका हुन् । उनले घाइतेको उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्नु पर्ने भएमा पनि तत्काल गर्न गृह प्रशासनलाई भनेका छन् ।
गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र विपद् महाशाखा तथा सुरक्षा निकायलाई तत्काल घाइतेको उद्धार तथा उपचारको प्रभावकारी व्यवस्था गर्न मन्त्री खाँणले निर्देशन दिएका छन् ।
गृहमन्त्री खाँणले घाइतेहरुको अवस्था र अहिले उनीहरुलाई तत्कालका लागि गरिएको अवस्थाबारे पनि मन्त्री खाँणले जानकारी लिएका छन् ।
उनले भूकम्पमा परेर प्रभावित भएकाहरुलाई राहतको तत्काल व्यवस्था गर्दै उचित स्थानमा बासस्थानको व्यवस्था गर्न पनि भनेका छन् ।
गएराति डोटीको पूर्वीचौकी गाँउपालिका वडा नं ३ गैरागाउँमा केन्द्रबिन्दु बनाइ गएको भूकम्पमा परेर अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
उनले उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारमा समवेदना व्यक्त गरेका छन् ।
Leave a Reply