Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुदूर नेपालमा शक्तिशाली भूकम्प, दिल्लीमा समेत धक्का

डोडी । डोटीमा गएराति पटक पटक भूकम्प गएको छ । गएराति २ बजेर १२ मिनेटमा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यहि क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यस अघि ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरा, बझाङलगायत सुदूरपश्चिमका जिल्लामा महशुस गरिएको थियो । भूकम्पको धक्का सुदूरपश्चिमसहित भारतका जिल्लामा समेत महसुस गरिएको छ ।

भारतीय समाचार संस्था एनएनआइले भूकम्पको धक्का दिल्लीमा समेत महसुस भएको जनाएको छ । भूकम्पमा परेर डोटीको पूर्विचौकी गाउँपालिकाको वडा नं ३ गैरागाँउमा ६ जनाको ज्यान गएको छ । ५ जना घाइते भएका छन् । भूकम्पपछि धनगढीका सर्वसाधारणसमेत केहीबेर घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077