Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुलुकको नेतृत्व झापा-१ ले गर्छ, गठबन्धनका उम्मेदवार जिताउनुस् : विश्वप्रकाश शर्मा

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापा क्षेत्र नं १ ले मुलुकको नेतृत्व गर्ने दाबी गरेका छन् ।

झापा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रहेका महामन्त्री शर्माले चुनावी अभियानका क्रममा मेचीनगर–६ नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै सो दाबी गरेका हुन् ।

‘मुलुकको नेतृत्व झापा क्षेत्र नं १ ले गर्छ’, उनले भने, ‘त्यसका लागि गठबन्धनका उम्मेदवारलाई विजय गराउन म अपिल गर्छु ।’ सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५० जना कांग्रेसमा प्रवेश गरेका थिए ।

झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभामा गोपाल तामाङ र श्यामविर लिम्बू उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077