एजेन्सी । फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाएका छन् ।
स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलाउँदा चार जनाको मृत्यु भएको हो ।
आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
आक्रमणमा घाइते भएका अर्का एक जना उपचाररत छन् । प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम–१६ असल्ट राइफल बरामद गरेको छ ।
Leave a Reply